तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले राख्यो शर्त


काठमाडौं – अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले केही शर्त अघि सारेको छ । बेलायती समाचार संस्था बीबीसीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमाथि केही शर्त तेर्स्याएका हुन् ।

तालिवान सरकारले छिमेकी मुलुकहरुको विश्वाश जित्दै मान्यता पाउने हो भने अफगानिस्तानमा लैंगिक, जातीय एवं धार्मिक समावेशिता अंगिकार गर्नुपर्ने खानको शर्त छ । यसैगरी उनले महिलाहरुलाई पुरुषसँगै सहशिक्षाबाट अलग गरिएको घटनामा पनि तालिवानको आलोचना गरेका छन् । महिलाहरुलाई शिक्षाबाट बञ्चित गरिनु गैरइस्लामिक भएको खानको प्रतिक्रिया छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले तालिवानलाई मानवअधिकारको संरक्षण गर्न र देशका सुधारका प्रयासहरु थाल्न पनि आग्रह गरेका छन् । अफगानिस्तानलाई आधार बनाएर पाकिस्तानमाथि आतंकवाद हावी नहोस् भन्ने खानको चाहना छ ।

प्रतिक्रिया