जेलबाट निस्कँदा मिडियाको भीड देखेर तनावमा राज कुन्द्रा


काठमाडौं –  दुई महिना जेलमा बिताएपछि २१ सेप्टेम्बरमा राज कुन्द्रा जमानतमा रिहा भएका छन्। उनलाई ५० हजार भारुमा जमानतमा रिहा गरिएको हो । राज ६४ दिनपछि आफ्नो घर फिर्ता भएका छन् । उनलाई मुम्बईको अपराध शाखाले १० जुलाईमा पोर्नोग्राफी केसमा पक्राउ गरेको थियो ।

राज कुन्द्र जेल बाहिर आएपछि उनलाई मिडियाले तत्काल घेरे । यतिबेला पत्रकारले राजलाई केही प्रश्न पनि सोधे तर उनले कुनै पनि प्रश्नको जवाफ दिएनन् । राज केही नबोलिकनै गाडीमा चढे । जमानतमा जेलबाट बाहिर निस्किएपछि राजको पहिलो तस्बिर सार्वजनिक भएको छ ।

यी तस्बिरमा राज कुन्द्राले मास्क लगाइरहेको देख्न सकिन्छ । यसका साथै उनले निधारमा टड्कारो देखिने रातो टिका पनि लगाएका छन् । मिडियाको भीड आफ्नो वरिपरि देखेर राज कुन्द्रा तनावमा देखिएका थिए । एजेन्सी

प्रतिक्रिया