सहमतिमा नै पतिले अश्लील भिडिओ बनाएका हुन्ः शिल्पा


काठमाडौं– अभिनेत्री शिल्पा सेट्टीले युवतीहरूको सहमतिमा नै पति राज कुन्द्राले अश्लील भिडिओ बनाएको बयान दिएकी छन्।

मुम्बई प्रहरीको क्राइम ब्राञ्चमा बयान दिने क्रममा शिल्पाले यस्तो भनेकी हुन्।

भारतीय पत्रिका इन्डिया टुडेका अनुसार राज कुन्द्राका परिवारका सदस्यसँग प्रहरीले बयान लिने गरेको छ। अश्लिल भिडिओ बनाउँदै लक डाउनका समयमा राज कुन्द्राले लाखौं कमाएका थिए।

प्रहरीले खोजीनीति गर्ने क्रममा कुन्द्रालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। उनी हिरासतमा छन्।

प्रतिक्रिया