चर्चाकाे चुलीमा ‘चरी जेलैमा’ युट्युबमा बनायो नयाँ रेर्कड


काठमाडौं –  गायिका विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युवमा नयाँ कीर्तिमान बनाएको छ । गीतले रिलिज भएको एक महिना नपुग्दै दुई करोड बढी भ्युज पाएर नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ ।

सपना म्युजिक उद्योगको युट्युव च्यानलबाट गत १८ अगष्टमा सार्वजनिक गीतले हालसम्म झण्डै २ करोड १० लाख बढी भ्युज पाएको छ । थोरै समयमा यति धेरै भ्युज पाउने सम्भवत यो गीत पहिलो हो । यसअघि अस्मिता अधिकारीको गीत ‘टाढा भएपनि’ ले ३८ दिनमा २ करोड भ्युजको रेकर्ड बनाउन सफल भएको थियो ।

गीतले चारैतिर चर्चा बटुलीरहेको छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीत बिष्णु माझीको जीवनसँग समेत जोडेर चर्चा गर्न थालिएको छ । सामाजिक सञ्जालमा उनको अवस्थाबारे टिकाटिप्पणी  र सोधखोज बढेकाे थियाे।

प्रतिक्रिया