१२ उक्लिने तरखरमा करिश्मा


काठमाडौं– ३ लाख ७४ हजार मध्येकी एक परिक्षार्थी हुन् अभिनेत्री करिश्मा मानन्धर। आफ्नो रोकिएको अध्ययनलाई उच्च माध्यमिक तहको शिक्षा पूरा गरी १२ उक्लिने तरखरमा छिन्, उनी।

कोभिडका कारण प्रभावित भएको कक्षा १२ को परिक्षा बुधबारदेखि सुरु भएको छ। उनी गोदावारीस्थित किट्नी विद्यालयमा अध्ययनरत छिन्। यस परिक्षामा सहभागी सबैलाई उत्तिर्ण हुनका लागि उनले शुभकामना पनि दिएकी छन्।

प्रतिक्रिया