कलाकारबीच एमसीसी बहसः सम्झौता गर्न नहुने करिश्माको भनाई


काठमाडौं – देशमा यतिबेला अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहसको विषय बनेको छ । सत्तारुढ दलहरु संसोधनसहितको एमसीसी संसदबाट पारित गराउन चाहेका छन् भने सत्ता बाहिरका दलहरु विरोधमा उत्रिरहेका छन् ।

आज सदावहार नायिका करिश्मा मानन्धरले एमसीसी सम्झौता गर्न नहुने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसीले जनतालाई दुःख दिने आशय गरेकी हुन् ।

घरभित्र कलह निम्त्याउन नहुने उनको तर्क छ । उनले घरमा हात्ती ल्याएर घरकै मान्छे बाहिर बस्नु परेमा हात्ती ल्याउनुको के अर्थ भन्दै एमसीसीको विपक्षमा उभिएकी हुन् । घरभित्र कलह हुने तत्व भित्राउन नहुने उनको भनाई छ ।

यस विषयमा नेपाली कलाकारहरुले पनि आफ्नो अभिव्यक्ति दिइरहेका छन् । केही दिन अघि महानायक राजेश हमाल र पत्रकार रवि लामिछानेले पनि  सामाजिक सञ्जालमार्फत आफ्नो  धारणा राखिसकेका थिए ।

प्रतिक्रिया