माधव नेपालसहित १४ सांसद उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसद अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको हो ।

पार्टीको हित विपरित काम गर्ने नेतालाई एमालेले गरेको कारबाही संसदमा सुचना टास नगरिएको भन्दै एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । ‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता गर्ने हुनाले त्यहाँ पुग्ने स्थिति छैन । गैरसांसद उपस्थित भएर संसद् चल्न सक्दैन । त्यसो हो भने हामी पहिलेका सांसदहरू ल्याउछौँ’, ओलीले भने ।

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष रूपमा भूमिका नखेलेको पनि आरोप लगाए । ‘जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ । सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन’, ओलीले भने ।

सभामुख संसद्को नियमावलीविरोधी र संसदीय मूल्यमान्यता विरोधी रहेको भन्दै ओलीले भने, ‘हामीले कारबाही गरेकाको लोगो किन खोस्दैनन् सभामुखले रु यिनीहरू गैरसांसद् रहिन्जेल संसद् चल्दैन ।’ अहिले तमासा हेरेर बसे एमाले कमजोर हुने भन्दै उनले भने, ‘यो तमासा हेरेर बस्ने हो भने एमाले नामको बाघको जुँगा बिरालोले पनि उखेल्छ ।’

अध्यक्ष ओलीले सभामुख सापकोटाले निष्पक्ष रूपमा भूमिका नखेलेको पनि आरोप लगाए । ‘जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ । सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन,’ ओलीले भने ।

उनले आफूहरूको शब्द मात्रै नभएर व्यवहार पनि कडा हुने बताए । उनले भने, ‘आज गैरसांसदको उपस्थित रह्यो भने आज संसद् प्रारम्भै हुँदैन । शब्द कडा हैन हाम्रो व्यवहार पनि कडा हुँदै जान्छ ।’

प्रतिक्रिया