२ लाख नगदसहित काठमाडौंका वडा सदस्य महर्जन पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर–१४ का वडा सदस्य घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले छापा मार्दा कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुस सहित कंलकी–१४ का वडा सदस्य पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कंलकी–१४ बाट नेकपा एमालेबाट निर्वाचित वडा सदस्य वसन्त महर्जनलाई नगद दुई लाखसहित रंगेहात पक्राउ गरेको छ ।

वडा सदस्य महर्जनले मैतिदेवीको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै दुई लाख रकम माग गरेका थिए ।

वडा सदस्य महर्जनलाई घुस रकमसहित पक्राउ गरि थप अनुसन्धान र कारबाहीको लागि अख्तियार कार्यालय टंगालमा लगिएको छ ।

प्रतिक्रिया