

कार्यालय हिँडेका प्रहरी हवल्दारको सवारी दुर्घटनामा मृत्यु

कञ्चनपुर– पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ।
शुक्लाफाटा नगरपालिका घर भई झोलुगें प्रहरी चौकीमा कार्यरत हवल्दार रामबहादुर विष्ट सवार लु१२प ५१५ नम्वरको मोटरसाईकललाई विपरित दिशाबाट आईरहेको से१क १४०६ नम्बरको ट्कले बेदकोट नगपालिका–१ चम्पापुरीमा ठक्कर दिएको थियो।
हवल्दार विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार ट्रक र चालक यज्ञराज भट्टलाई नियन्त्रणमा लिइएको छ।

