
झलनाथ खनाललाई भेट्न डल्लु पुगे प्रचण्ड
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न निवास पुगेका छन्।
प्रचण्ड आज बिहान डल्लुस्थित खनालको निवासमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
भारतमा मिर्गौला प्रत्यारोपण गरेर सोमबार स्वदेश फर्किएका खनाल अहिले घरमै आराम गरिरहेका छन्।



कागजपत्र |
