इन्भेष्टमेण्ट बैंकको ८७ औं शाखा सिन्धुलीकाे माडीमा


काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ८७ औं शाखा सिन्धुली माडी कमलामाई नगरपालिकामा संचालन गरिएको छ । बैंकले सिन्धुलीमा विस्तार गरिएको नयाँ शाखाबाट स्थानीयको मागलाई पूर्णरुपमा पूरा गरी बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

बैंकले हाल ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट बैंकिङ सेवा दिदैँ आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको सो बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया