यश चोपडा ब्यानरमा बन्दैछ ‘पठान’, शाहरुखले लिए एक अर्ब रुपैंया पारिश्रमिक


काठमाडौं– यश चोपडा ब्यानरमा बनिरहेको चलचित्र पठानका लागि अभिनेता शाहरुख खानको पारिश्रमिकको अहिले चर्चा सुरु भएको छ। बलिउडमा सबैभन्दा बढी पारिश्रमिकमा शाहरुखले काम गरिरहेको बताइएको छ।

उक्त फिल्ममा अभिनयका लागि उनले एक सय करोड (एक अर्ब) पारिश्रमिक लिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। बलिउडको ७० बर्षको इतिहासमा एक लाखदेखि सुरु भएको अभिनेताको पारिश्रमिक यहि नै अहिलेसम्मको अधिकतम रहेको बताइन्छ।

पठानमा दिपिका पादुकोणसँगै जोन इब्राहिमको पनि अभिनय रहनेछ।

प्रतिक्रिया