आफ्नै छात्रा बलात्कारको अभियोगमा शिक्षक पक्राउ


लमजुङ – एक १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा फरार लमजुङका एक शिक्षक पक्राउ परेका छन् । सोमबार बेशीसहरबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो । यसअघि बालिकालाई जबरजस्ती करणी गरेकै आरोपमा सोहि गाउका अर्जुन विक्रम थापाविरुद्ध उजुरी परेपछि थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफूमाथि हुँदै आएको कारुणिक यौन दुर्व्यवहारको बारेमा बोलेपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया