सिन्ध प्रान्तकाे पानी अभावबारे विवादः सिंचाई पानी चोरी भएको मन्त्रीको दाबी


इस्लामाबाद- पकिस्तानको सिन्ध प्रान्तमा सिंचाई पानीको समस्याबारे विवाद जारी छ ।  पानीको अभाव रहेको आवाज उठिरहेको बेला अन्तर प्रान्तीय सहकार्य मन्त्री डा. फेमिदा मिर्जाले भने सिन्ध प्रान्त भित्रै पानी चोरी भइरहेको बताएकी छन् ।

प्रान्तमा सिंचाई पानी संकटबारे मुख्यगरी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का सांसद तथा नेताहरुले आवाज उठाइरहेका छन् । पीपीपी सांसद सयद नभिद कमरलाई जवाफ दिँदै मन्त्री फेमिदाले सिन्ध प्रान्त भित्रै पानी चोरी भएको बताएकी हुन् । पानी समस्या रहेको सत्य भएपनि कसको कारणले अभाव भएको र कसले पानी चोरी गरिरहेको छ भन्ने पत्ता लगाउनुपर्ने फेमिदाले बताइन् ।

कोत्री ब्यारेज र सुक्कुर ब्यारेजबाट पानी चोरी भइरहेको र यो पत्ता लगाउनु पर्ने फेमिदाले बताएकी छन् । सिन्ध सिंचाई मन्त्रीले उपनिर्वाचनअघि नै यी दुई ब्यारेजबाट अवैध रुपमा पानी चोरी हुन दिइरहेको फेमिदाको आरोप छ ।

यसअघि पीपीपी नेता सयद नभिद कमरले तल्लो सिन्ध क्षेत्रहरु बदिन, थत्ता, तान्डो मोहमद खान र मिरपुर खासमा चरम पानी संकट रहेको भन्दै इन्दुस रिभर सिस्टम ओथरिटीले अन्याय गरेको आरोप लगाएका थिए । सिन्ध प्रान्तमा सम्झौता अनुसार पानी उपलब्ध नभएको र पञ्जाब प्रान्तमा मात्रै धेरै पानी वितरण भइरहेको भन्दै आवाज उठ्ने गरेको छ । एजेन्सी

प्रतिक्रिया