

सगरमाथा म्युजिक अवार्ड २०७८ को घोषणा, आवेदन खुल्ला

काठमाडौं – तेस्रो संस्करणको साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ आयोजना हुने भएको छ । अर्थ नेपालले आयोजना गर्ने यो अवार्डका लागि आवेदन खुल्ला भएको जनाइएको छ ।
कोभिडको कारण सुस्ताएको नेपाली संगीत क्षेत्रलाई चलायनमान बनाउन यो वितरण समारोह आयोजना गर्न लागिएको बताइएको छ । यो अवार्डलाई राइड सेयरिङ गर्ने साहारा एपले सहकार्य गर्दैछ ।
यो अवार्डमा २०७६ वैशाखिदेखि २०७७ चैतसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने आयोजक संसथाका अध्यक्ष मनोज थापाले जानकारी दिएका छन् ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागिता जनाउन सक्नेछन् ।
समारोहमा नेपाली गीत–संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ। समारोहमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

