पत्रकार थोकरमाथि भएको दुर्व्यवहारको भत्र्सना


ललितपुर – नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका परिषद् सदस्य डिलबहादुर थोकरमाथि बुधबार दिउँसो भएको दुर्व्यवहारको भत्र्सना गरिएको छ ।

शाखाका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको कार्यालय पुगेका थोकर फर्किने क्रममा कार्यालय नजिकै बसेको अज्ञात समूहले दुर्व्यवहार गरेको उल्लेख गरिएको छ ।

‘बोलपत्र आह्वान फाराम हामीलाई नसोधी किन लिएको’ भन्दै उहाँमाथि अभद्र व्यवहार गर्नाका साथै मोटरसाइकलको साँचोसमेत खोसेर लगेको र पछि पत्रकार भन्ने थाहा पाएपछि फिर्ता गरेकाले दोषीमाथि कानून बमोजिम कारवाहीको माग गरिएको जारी विज्ञिप्तमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया