जुवा खेलाएर नव धनाड्य सूचीमा महर्जन र श्रेष्ठ


एसएसपी सिंह भन्छन्– जुवा अखडामाथि कडा निगरानी छ

काठमाडौं– दशैं तिहार सकिए पनि राजधानीमा जुवा खेल्ने र खेलाउने समूह सक्रिय रहेको रहस्य खुलेको छ।

दशैं तिहारमा जुवा खेलाएर सयौंलाई करोडपतिबाट रोडपति बनाउने समूह पुनः जुवा अखडा चलाउन व्यस्त रहेको भेटिएको हो। टोल–टोलमा अखडा बनाइएका छन्। यस्ता अखडामा १० हजारदेखि करोडसम्मको हारजित हुने गरेको स्रोतले दाबी गरेको छ।

अशोक सिंह, एसएसपी, काठमाडौं परिसर

पछिल्लो समय जुवा खेलेर नव धनाड्यको सूचीमा राजिव महर्जन र सचिन श्रेष्ठको चर्चा चलेको छ। केही बर्षदेखि नरदेवी क्षेत्रमा जुवा खेलाउँदै आएका दुवैले जुवाबाट धेरैलाई सडकमा पुराएर आफू धनी भएको बताइन्छ।

उनीहरूले चलाएको अखडा राजधानीको ‘टप ५’ भित्र पर्छ जसलाई भीआईपी अखडा समेत भनिने गरेको स्रोतको दाबी छ। यसपालीको दशैं तिहारभित्र उनीहरूले नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीका आफन्त ‘अच्युत बाजे’बाट मात्र पाँच करोड असुलेको स्रोत बताउँछ । अच्युत बाजे जुवा अखडाभित्र चर्चित नाम हो।

श्रेष्ठ र महर्जनले अहिले पनि विभिन्न ठाउँमा जुवा अखडा चलाइरहेको स्रोतले दाबी गरेको छ।

काठमाडौं परिसरमा सोमबारदेखि जिम्मेवारी सम्हालेका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले अवैध जुवा अखडामाथि निगरानी बढाउन निर्देशन दिएका छन्। ‘अवैध जुवा नियन्त्रणका लागि प्रहरी सक्रिय भएको छ। कानुनविपरितका काम गर्ने छुट कसैलाई छैन’, सिंहले भने।

घर, अपार्टमेन्ट र होेटलका कोठा पछिल्लो समय जुवा खेल्ने अखडाका रुपमा परिणत हुन थालेका छन्।  राजधानीका अधिकांश क्यासिनोमा नेपाली प्रवेशलाई प्रहरीले कडाई गरेपछि क्यासिनोका दलालहरूले घर, अपार्टमेन्ट र होेटलका कोठा बुकिङ गरेर जुवा खेलाउन थालेको बताइन्छ।

यसरी जुवा खेलाउनेमा गुण्डाका नाइकेदेखि पेशेवर जुवाडेसमेत रहेका छन् । उनीहरूले क्यासिनोकै शैलीमा जुवा खेलाउँदै आएका छन् ।  गत एक बर्ष प्रहरीले यस्ता दर्जनौ अखडामा छापा मारेर सयौं जुवाडेलाई पक्राउ गरे पनि यस्ता जुवा अखडाको नियन्त्रण भने हुन सकेको छैन ।

यस्ता अखडा नियन्त्रण गर्न नेपाल प्रहरी अब आक्रमक रुपमा प्रस्तुत हुने बताइएको छ। जुवा खेलाउने यस्ता गिरोहलाई पहिचान गरेर महानगरीय प्रहरी परिसरले खोजी सुरु गरेको छ।

कमजोर कानुनको कारण पक्राउ परेका जुवाडे तत्काल छुट्ने हुँदा यस्ता धन्दा निरन्तर चलिरहेको हो । यस्तो अखडामा जुवाडेलाई लगानी गर्ने गिरोह पनि सक्रिय हुँदा राजधानीमा जुवा अखडा चम्किएको प्रहरीको बुझाई छ ।

काठमाडौं परिसरमा सोमबारदेखि जिम्मेवारी सम्हालेका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले अवैध जुवा अखडामाथि निगरानी बढाउन निर्देशन दिएका छन्। ‘अवैध जुवा नियन्त्रणका लागि प्रहरी सक्रिय भएको छ। कानुनविपरितका काम गर्ने छुट कसैलाई छैन’, सिंहले भने।

प्रतिक्रिया