पछिल्लो २४ घण्टामा ३४०३ जना संक्रमण पुष्टि, ४२ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ८३९ र एन्टीजेन विधिबाट ४ हजार ९९९ जना गरी जम्मा १६ हजार ८ सय ३८ को परिक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार १०४ जना कोरोनामुक्त भएको जनाएको छ भने ४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनामुक्त हुनेको संख्या ६ लाख ८९ हजार १७३ रहेको छ भने १० हजार ३९६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया