बोक्सीको घरमा केकीको लगानी


काठमाडौं– २०७३ को साउन र भदौमा मण्डला थियटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ अब फिल्मका रुपमा दर्शकमाझ आउने भएको छ । यो नाटकमा अभिनेत्री सरीता गिरीको एकल अभिनय रहेको थियो । करिब एक महिना मञ्चन भएको नाटकको लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।

उनै सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागिएको फिल्ममा सुब्रतराज आचार्य र सुलक्षण भारतीको संयुक्त निर्देशन हुनेछ । केकी अधिकारी फिल्मस्ले निर्माण गर्ने फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी मूख्य भूमिकामा हुनेछन् । निर्माण पक्षका अनुसार अन्य कलाकारको छनोंटका लागि आगामी साता अडिशन कल गरिनेछ ।

विगत डेढ महिनादेखि वर्कसप र प्रिप्रोडक्सन चरणमा रहेको फिल्म युनिट चार महिनाको वर्कसपपछि छायांकनमा जानेछ । निर्देशकद्वयका अनुसार फिल्म बोक्सीको घरमा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित हुनेछ ।

रंगकर्मी तथा फिल्म निर्देशक बद्री अधिकारीको निर्माण हुने फिल्ममा विशाल भण्डारी कार्यकारी निर्माता रहनेछन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ र टेलिभिजन कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’पछि यो टिमले तेश्रो प्रोजेक्टका रूपमा फिल्म ‘बोक्सीको घर’ निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया