सौरभ राणाले लगाए डीआईजीको फूली


काठमाडौं– प्रहरी नायव महानिरिक्षक (डीआईजी)मा बढुवाका भएका सौरभ राणालाई प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह (फूली) प्रदान गरिएको छ।

प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीले राणालाई डीआईजीको फूली लगाइदिएका हुन्।

१४ साउनमा गृह मन्त्रालयले राणालाई डीआईजीमा बढुवा गरेको थियो। यस्तै, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छाँयादेवी गुरूङ र नेपाल सरकार सचिवस्तरको सोही मितिको निर्णयअनुसार पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक (एसपी) रामेश्वर अधिकारी तथा प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षक गरी जम्मा ६१ जना प्रहरी अधिकृतहरुलाई फूली लगाइएको थियो।

प्रतिक्रिया