उन्माद उर्वशीः बोनीले नितम्बमा हात राखे, सलमानले सुल्तानबाट निकाले (फोटोफिचर)


काठमाडौं– फिल्मी जगतमा जम्नु त्यति सहज विषय होइन। त्यहाँमाथि बलिउडमा स्थान पक्का गर्नका लागि अभिनेत्रीलाई निक्कै कठिन छ। अझ गसिप बजार निक्कै बलियो छ।

बलिउडको मैदानमा संघर्ष गरिरहेकी उर्वशी राउटेला यी प्रकरणबाट अछुत भने रहेकी छैनन्। सेक्सी र बोल्ड अन्दाजमा देखा पर्ने उनी पनि केही समय गसिपको केन्द्रमा रहिन्। क्रिकेटर रिसब पटेलसँगको डेटदेखि सल्मान खानले सुल्तानबाट निकालेकोसम्मका कथा मिडियामा आएका थिए।

एउटा कार्यक्रमका दौरान निर्माता बोनी कपुरले उनको नितम्बमा हात राखेको भिडिओ र तस्बिर भाइरल भएको थियो । त्यसबेला कतिपयले उनलाई बोनी कपुरकी अर्की पत्नी बन्न लागेकोसम्म भने। श्रीदेवीको निधनपछिका केही दिनमा यी चर्चा भए।

सुल्तानमा अनुश्का शर्माको ठाउँमा उर्वशीलाई खेलाउने चर्चा थियो तर अन्तिम अवस्थामा यशराज फिल्मले उनलाई अवसर नदिएपछि उनका केही प्रतिक्रिया चर्चामा थिए।

प्रतिक्रिया