मुसुक्क हाँस्दै संचिता चौतारोमा


काठमाडौं – नायिका संचिता लुइटेल बुधवार दिउसो गोठाटारको एउटा बुटिकमा देखा परिन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित तेज विनायक चोक नजिकै खुलेको पिपल चौतारो बुटिकको उदघाटन गर्नका लागी संचिता त्यहा पुगेकी थिइन् ।

सिधै भारतबाट आयाता गरिने र सस्तो र सुलभ मुल्यमा कुर्ता, सारी, लेहेङगा लगायतका पहिरन सो बुटिकमा पाइने संचालकहरुले जनाएका छन् । महिला उद्यमी मनु सेनी दाहाल र एकता अग्रवालले संयुक्त रुपमा संचालनमा ल्याएको पिपल चौतारो बुटिक उदघाटन गर्दै संचिताले सफलताको शुभकामना व्यक्त गरिन् ।

दर्जनौ नेपाली चलचित्रमा अभिनय गरिसकेकी सफल नायिक संचिताको उपस्थितिले आफुलाई उत्साही बनाएको संचालकहरुले जनाएका छन् । अनलाइन डेलिभरी र होम सर्भिसको पनि ब्यवस्थान गर्ने तयारी भएको उनीहरुले जनाएका छन् । सो अवसरमा संचालकहरुले नायिका लुइटेललाई मायाको चिनो पनि हस्तान्तरण गरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया