खैरो हेरोइनसहित समातिए पर्सामा वडाध्यक्ष


काठमाडौं – पर्सा प्रहरीले पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका वडाध्यक्ष अम्बिका भनिने अमेरिका सहनीलाई लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरेको छ। वडाध्यक्षसहित ३ जना खैरो हरोइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

वडाध्यक्ष सहनीसँगै पक्राउ पर्नेमा ५२ वर्षीय रामआदेश सहनी र सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनी रहेका छन्। वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

उनीलाई आइतबार राती १० बजे वीरगञ्ज–१९ बर्वास्थित तिलावे पुल नजिकैबाट प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले वडाध्यक्ष सहनी चढेको ना १ ब ३५९५ नम्बरको सरकारी पल्सर मोटर साइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हेरोइन बरामद गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार बलिष्टरलाई समेत प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो।

बलिष्टर पकहा मैनपुर गाउँपालिका एककै वडा सदस्य हुन्। आदेश सहनी भने वडाध्यक्षका आफन्त भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध ओसारपसार तथा बेचबिखनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया