

नविना लामा भन्छिन्, ‘हाम्रो पुस्ताको राजनीति बर्बाद भयो!’

काठमाडौं – आफ्नो पार्टीको सरकार ढलाएर अर्को पार्टीलाई सरकार बनाउनु यो भन्दा अर्को दुःखद घटना केही नहुने नेकपा एमालेकी नेतृ तथा सांसद नविना लामाको भनाइ छ।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले उनले भनेकी छिन्, यो भन्दा दुःखद घटना के हुन सक्छ? बर्बाद भयो। जबज खोइ? हाम्रो पुस्ताको राजनीति? हाम्रो पार्टीको राजनीति पार्टी एमाले भोट अर्को अर्को पार्टी हो?’
एउटा पार्टीमा राजनीति गरेर अर्को पार्टीमा भोट किन भन्दै प्रश्न गरेकी लामाले पार्टीभित्रको गुटबन्दी कोभिड जस्तै नयाँ प्रकृतिको रहेको बताउँदै बर्बाद भएको बताइन्। उनले जनताको बहुदलीय जनवाद खोइ भन्दै प्रश्न समेत गरेकी छिन्।
उनले भनेकी छिन्, ‘नेपालमा कम्युनिस्ट पार्टीको इतिहास केलाएर हेर्दा फुट विभाजन विचार, व्यवस्था भन्दा बढी आफू केन्द्रित पदको लडाइँमा गुटबन्दीले पार्टीलाई सत्यानाश गरेको देखिन्छ। महान् नेताहरूको र कार्यकर्ताहरूको उज्ज्वल भविष्य समाप्त भएको देखिन्छ। अहिले नेकपा विभाजन पनि त्यस्तै देखिएको छ।’
आइतबार प्रतिनिधि सभामा एमालेको माधव नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको थियो। त्यसपछि लामाले चिन्ता व्यक्त गर्दै आफ्नो पुस्ताको राजनीति बर्बाद भएको बताएकी हुन्।

