कलंकीमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ


काठमाडौं – कलंकीमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक अनुज कुमार रहेका छन्।

गलत ठाउँमा पार्किङ गरिराखेको Dl1GC5496 नम्बरको गाडीका चालक रहेका अनुज कुमारले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ६ सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शंकर खड्काको नेतृत्वको टोलीले घुस दिन खोज्ने भारतीय नागरिक अनुज र गाडीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि कालीमाटी वृत्त पठाएको छ।

इन्स्पेक्टर खड्काले अनुजसँग कागजात माग्दा ६ सय रुपैयाँ घुस दिन खोजेकाले उनलाई पक्राउ गरिएको बताए। कानुनी कारवाहीबाट बच्न अनुजले कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया