

७० जना कलाकारले छोडे एमाले, कांग्रेसमा प्रवेश

काठमाडौं – नेकपा एमाले पार्टी परित्याग गरी ७० जा कलाकर्मीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। काँग्रेस प्रवेश गर्नेमा गायक मोहन राईदेखि हाँस्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ सम्म रहेका छन्।
शनिबार आफ्नै निवास बुढानीलकण्ठमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराएर कलाकारहरुलाई पार्टी सदस्यता प्रदान गरे।
एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेमा गायक राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा गरेका छन्।
यस्तै आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारा लगायतले एमाले छोडेर काँग्रेस प्रवेश गरेका हुन्।
यसअघि कुनै पार्टीमा नरहेका हाँस्यकलाकार केसी, महादेव त्रिपाठी जादुगर र मिलनकुमार श्रेष्ठले पनि काँग्रेसको सदस्यता लिएका छन्।
पार्टी प्रवेश कार्यक्रमा काँग्रेसको नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापा,महामन्त्रीद्वय शिवशंकर रिजाल ुजोगिन्दरु र रोशन केसीको सहभागिता रहेको थियो । नेपाल सांस्कृतिक संघ समन्वयमा उनी काँग्रेस प्रवेश गरेका थिए ।

