ज्वाला संग्रौलासहित तीन जनालाई ३ दिन थुनामा राख्न अनुमति


काठमाडौं – ज्वाला संग्रौलालाई थप तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशायन कार्यालय काठमाडौंले अभद्र मुद्दामा उजुरी परेपछि पक्राउ परेकी ज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

पक्राउ परेका ज्वाला संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो ।

प्रशासनले उनीहरूलाई ३ दिन थुनामा राख्न अनुमति दिएको छ। प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान शुरू भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

 

प्रतिक्रिया