नेप्सेमा एकैदिन ७१.०६ अंकको उच्च गिरावट


काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा सोमबार उच्च अंकको गिरावट आएको छ। गत आइतबार अधिकतम ६३.२८ अंकले घटेको नेप्से परिसूचक सोमबार एकैदिन थप ७१.०६ अंकले गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको छ । तथापि, सेयर बजारमा उच्च गिरावट आइरहँदा यता कारोबार रकम भने झण्डै १२ अर्ब रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर एक लाख ३० हजार ३९७ पटक किनबेच हुँदा कुल ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँको कारोबार भएको छ । गत कारोबार दिन जस्तै यस दिन पनि नेप्से परिसूचकका सबै समूहहरु ऋणात्मक भएका छन् ।

 

प्रतिक्रिया