निधीमाथि रिजालको कटाक्ष, ‘चेश बोर्ड देखें, खेल्नु पनि भयो’


काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीको महामन्त्री डा. शशांक कोइराला र प्रकाश मान सिंहसँगको तस्बिर सार्वजनिक भएपछि मिनेन्द्र रिजालले ‘कटाक्ष’ गरेका छन् ।

‘लञ्च मिटिङ’ नाम दिइएको उक्त भेटघाटको सावर्जनिक भएको तस्बिरमा चेस बोर्ड देखिएको प्रति रिजालले सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्दै, ‘चेश बोर्ड देखें, खेल्नु पनि भयो’ भनेर सोधेका छन् । यसबाट कांग्रेसको आसन्न महाधिवेशनमा निधीले सभापतिको उम्मेदवारी घोषणा गर्नासाथ पार्टीेभित्र ‘खेलेको’ रिजालको आशय देखिन्छ ।

निधिले सभापतिको उम्मेदवारीको लागि तयारी भएको भन्दै आइतबार केन्द्रीय सदस्यहरुसँग भेटघाट पछि सोमबार (आज) महामन्त्री डा. कोइराला र पूर्वमहामन्त्री सिंहलाई ‘लञ्च मिटिङ’मा बोलाएर आफ्नो चुनावी माहौल बनाउन लागेको अनुमान लगाउन सकिन्छ ।

निधि बीपी पुत्र डा. शशांक र गणेशमान पुत्र प्रकाशमानलाई समेट्दै सभापतिको चुनावमा जानका लागि प्रयास गर्दै सार्थक बनाउने अभियानमा लागेका छन् । आफ्नो वैवाहिक वर्षगाँठको संयोग पारेर निधीले कोइराला र सिंहलाई लञ्च मिटिङमा डाकेका थिए ।

 

प्रतिक्रिया