चितवनका एसपी अधिकारी सवार गाडी दुर्घटनामा


तस्बिर : राजेन्द्र आचार्य

काठमाडौं – जिल्ला प्रहरी कार्यालय, चितवनकाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेको छ।

नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरि र्फकिने क्रममा उनीहरु सवार गाडी दुर्घटना भएको हो।

मुग्लिन खडक खण्डको गाईघाटमा मालबाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाईते भएका छन्। घाईते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए।

भने बाँकी ५ जना प्रहरीहरुको समेत कतै टाउको कतै हातमा चोट लागेको छ। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालबाहक ट्रकले एसपी सवार बा २ ज ३४७२ नम्बरको गाडीलाई ठक्कर दिएको थियो।

घाइते सबैको कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ। ट्रकको ठक्करका कारण प्रहरीको गाडीको अगाडी भाग पूर्ण रुपमा क्षति छ।

ठक्कर दिने गाडी र चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया