

४२० वटा नेपाली सीमकार्ड साथमा पाएपछि विमानस्थलमा रोकिए दुबई हिँडेका ४ चिनियाँ

काठमाडौं– ठूलो संख्यामा नेपाली मोबाइल कम्पनीका सीमकार्ड फेला पारेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले चार जना चिनियाँ नागरिकलाई दुबई जानबाट रोकेको छ।
ई ४८९८२२६२, ईएफ ६०९७७१५ र ईडी ८३३२९१७ नम्बरको राहदानी बाहक क्रमशः लिओ विझी, लिओ जिङसियाङ र डुपेई विमानस्थलबाट प्रहरीको जिम्मा लगाइएको छ।
लिओको साथबाट १५० वटा एनसेलको सीम कार्ड, १२ वटा रेडमीको मोबाइल, जिङसियाङको साथबाट १०० वटा एनसेलको सीम कार्ड, १४ वटा एमआईको मोबाइल र डुपेईको साथबाट १५० वटा एनसेल र २० वटा स्मार्ट टेलिकमको सिमकार्ड भेटिएको प्रहरीले बताएको छ ।

