प्रदेश २ सरकारले आज नीति तथा कार्यक्रम ल्याउने


जनकपुर – प्रदेश २ सरकारले आज आर्थिक वर्ष २०७८ र ७९ को नीति तथा कार्यक्रम ल्याउन भएको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख राजेश झाले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा आ–आफ्नो संस्कृति झल्किने पहिरनमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरिएको छ।

बुधबार मात्रै प्रदेश सभा सरकारमा कांग्रेसका तीन मन्त्री थपिएका छन् ।

प्रतिक्रिया