प्रधानमन्त्री ओलीलाई सभामुख सापकोटाले पत्र पठाउनुको कारण


काठमाडौंविघटित प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबारका लागि सर्वदलीय बैठकमा बोलाउन पत्र पठाएका छन्।

सर्वोच्च अदालतमा संसद विघटनका विषयमा बहस चलिरहेका बेला सापकोटाले ओलीसहित पूर्वप्रधानमन्त्रीहरू प्रतिनिधि सभामा रहेका दलसँग परामर्श गर्न लागेका हुन्।

नयाँ बानेश्वरस्थित संघीय सदनको हलमा हुन लागेको उक्त बैठकमा सभामुख सापकोटाले सदनलाई सुचारु गर्न सकिने आधारका विषयमा छलफल गर्नेछन्। तर, के त्यो बैठकमा प्रधानमन्त्री ओली सहभागी होलान्? यो स्वभाविक प्रश्न बनेको छ।

अघिल्लो पटक सदन विघटनपछि प्रधानमन्त्री ओली सभामुख सापकोटाबीच निको सम्बन्ध थिएन। फेरि विघटनपछि सभामुखले बोलाएको बैठकमा प्रधानमन्त्री सहभागी नहुने करिब करिब पक्का भइसकेको छ।

प्रधानमन्त्री ओलीका नाममा सिंहदरबारस्थित कार्यालयमा पत्र पठाइएको त्यसरी बोलाउने चलन नरहेकाले सहभागी हुन नसक्ने सचिवालयले जनाइसकेको छ। यद्यपि, प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताइन्छ।

सभामुखले सबैसँग छलफल गर्ने तयारी गर्दा प्रधानमन्त्रीलाई सामान्य औपचारिकता पूरा गर्नका लागि भए पनि पत्र पठाइएको हो। वरियताक्रममा प्रधानमन्त्री माथिल्लो हुने भएकाले समय लिएर सभामुखले भेट गरी छलफलको मिति तय गर्नुपर्ने परम्परा तोड्दै पत्र पठाइनुलाई बालुवाटारले गतिलो रुपमा लिएको छैन।

सभामुखले सबैसँग परामर्श लिने भएपछि प्रधानमन्त्री ओलीलाई पत्र पठाउनु अनिवार्य नै थियो हो। सोही प्रक्रिया पूरा गरिएको मात्र होइन, छलफल नै गर्न खोजिएको हो, सभामुखनिकट स्रोतले भन्यो,‘आउने नआउने प्रधानमन्त्रीको निर्णय हुन्छ।

प्रतिक्रिया