वागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिँदै


हेटौंडा – वागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै पुराना महत्वपूर्ण कार्यक्रम र योजनालाई निरन्तरता दिने तयारी छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउने प्रावधान छ । वागमती प्रदेशमा प्रतिपक्ष दलले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन् ।

प्रतिक्रिया