

रुपन्देहीमा निषेधाज्ञाको विरोध गर्दै जुलुस निकाल्ने नाइके पक्राउ

काठमाडौं – रुपन्देहीमा निषेधाज्ञाको विरोध गर्दै प्रदर्शन भएको छ।सडकमा नाराबाजी तथा टायर बालेर निषेधाज्ञाको विरोध गर्ने २ जना पक्राउ परेका छन्।
रुपन्देही प्रहरी प्रमुख मनोज केसीले दिएको जानकारीअनुसार शनिबार लुम्बिनीको खुनगाईमा केही युवाले ‘कोरोना महामारी केही होइन , प्रहरी प्रशासन मूर्दाबाद, निषेधाज्ञा मान्दैनौँ’ भन्दै नाराबाजी गरेका थिए।
उक्त समूहले आज अर्थात आइतबार सबै बजार खुलाउने भन्दै स्थानीयहरुलाई बजार खोल्न सार्वजनिक आग्रहसमेत गरेका थिए। रुपन्देहीमा आगामी ३१ जेठसम्म निषेधाज्ञा छ।
निषेधाज्ञाको उल्लघंन गर्न सार्वजनिक रुपमा अपिल गर्ने उक्त समूहका मुख्य नाइके अर्जुन कुर्मिसहित दुईजनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख केसीले जानकारी दिए।
पक्राउ परेका दुई जनालाई संक्रामक रोग ऐन २०२० अनुसार एक महिना जेल हुने बताइएको छ ।
निषेधाज्ञाको बेला अति जरुरी कामबाहेक घरबाहिर निस्कन पाईदैँन्। एसपी केसीले भने, ‘घटनामा अन्य व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजीकार्य जारी छ।’

