नेपाली सेनाद्वारा रोल्पाको जंगलबाट अत्याधुनिक हतियारका २५ म्यागजिन र ८७० गोली बरामद


रोल्पा – नेपाली सेनाले जंगलबाट विभिन्न म्यागजिन र गोलीहरु बरामद गरेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. २ रामपुरस्थित रामपुर सामुदायिक वनको खोल्सामा लुकाईरहेको अवस्थामा राखिएको खबर स्थानीयबासिले दिए पछि सेनाले गई उक्त हतियारहरु बरामद गरेको जनाइएको छ ।

नेपाली सेनाको उक्त स्थानबाट २५ थान म्यागजिन र ८७० थान गोलीहरु बरामद गरेको जनाएको छ । बरामद म्यागजिनहरुमा एसएमजी म्यागजीन २३ थान, एलएमजी म्यागजीन १ थान, एम–१६ म्यागजिन १ थान, ९.एम.एम गोली १० थान, ७.६२ एमएम गोली २०८ थान र एके–४७ का ७५२ थान गोलीहरु रहेको नेपाली सेनाले जनाएको छ ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया