

नेपालमा खोप लैजाने पहल भइरहेको छ : राजदूत डा. खतिवडा

वासिङ्टन – अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ ।
विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गरेका थिए ।
अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरुले सिनेटको कमिटिमा समेत दिएका छन् ।
वहुराष्ट्रिय देशहरुलाई सर्वसुलभ रुपमा अमेरिकाले उपलब्ध गराउने खोप आयोजना कोभ्याक्सको लागि नेपाल पनि लाभान्वित देश हो । यो प्रक्रियामा रहेको छ भने नेपालले अमेरिकाबाट खोप खरिद गर्ने प्रक्रिया पनि अगाडि वढाइरहेको छ ।
नेपाली राजदूत डा. युवराज खतिवडा अमेरिकी सरकारलाई नेपालको आवश्यकता अनुसारका सामाग्रीहरु, खोपलगायतको माग गर्ने कार्यमा अमेरिकी सरकारी एजेन्सीहरुसँग छलफलमा व्यस्त छन् ।

