

‘संविधानमा भएको व्यवस्था जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?’

काठमाडौँ – महान्यायाधिवक्ता रमेश बडालले सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश संविधान कार्यान्वयनका लागि ल्याएको बताएका छन् ।
उनले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको बताउँदै संविधानमा भएको व्यवस्था जस्ताको तस्तै अध्यादेशमा आउँदा कसरी राष्ट्रघात भयो भनेर प्रश्न गरेका छन् ।
नागरिकतासम्बन्धी अध्यादेशबारे प्रश्न उठेपछि आज पत्रकार सम्मेलनमा वडालले भने संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको हो’ उनले भने, ‘तर केही पूर्व सांसदले समेत राष्ट्रघात भयो, फिजिकरण गर्न खोजियो भनेर विरोध गरेको भन्दै बडालले प्रश्न गरे ? ‘संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?’
संविधानमा जसले नागरिकता पाउँछ भनिएको छ, अदालतले त्यो व्यक्तिलाई नागरिकता दे भनेको छ । त्यही व्यवस्था अध्यादेशबाट ल्याउँदा संविाधनको कार्यान्वयन गरिएको हो ।

