राष्ट्रपतिको निर्णयविरुद्ध १४६ सांसदले सर्वोच्चमा दर्ता गरे रिट


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणाविरुद्ध विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा सोमबार रिट दर्ता गरेका छन्।

प्रतिनिधि सभा पुनःस्थापना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिसहितका माग राखी रिट दर्ता भएको हो। नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार यी प्रमुख दुई मागका आधारमा रिट दर्ता गरिएको हो।

‘प्रतिनिधि सभामा तत्काल कायम रहेको बहुमतको करिब ५४ प्रतिशत सांसदले रिट दर्ता गरेका छौं’, लेखकले भने।

सर्वोच्च अदालतले गरेको व्याख्याका आधारमा नै रिट दर्ता भएका कारण प्रतिनिधि सभा पुनःस्थापित हुनेगरी रिट दर्ता भएको कांग्रेस नेता गगन थापाले बताए।

प्रतिक्रिया