यी हुन् निषेधाज्ञा नभएका र आंशिक निषेधाज्ञा रहेका चार/चार जिल्ला


काठमाडाैं – देशका अरु जिल्लाको तुलनामा पूर्वी रुकुम, मनाङ, खोटाङ र तेह्रथुममा कोरोना संक्रमण कम देखिएको छ। यी जिल्लामा अहिलेसम्म निषेधाज्ञा लगाइएको छैन ।

पालिकासँग सहकार्य गरेर जनप्रतिनिधिलाई जिम्मेवार बनाइएकोले सङ्क्रमण फैलिन नपाएको सम्बन्धित जिल्ला प्रशासनले जनाएका छन् । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणदर बढेसँगै अहिले विभिन्न ७३ जिल्लामा आंशिकदेखि पूर्ण निषेधाज्ञा लगाइएको छ ।

गृह मन्त्रालयकाअनुसार निषेधाज्ञा लागू भएका ७३ जिल्लामध्ये ६९ मा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा रहेका जिल्लामा काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।

प्रतिक्रिया