जसपा नेता डा. बाबुराम भट्टराईले किन गोप्य राखेका थिए प्रधानमन्त्री ओलीसँगको भेट?


काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्लो पटकका राजनीतिक घटनाक्रमको बीचमा गरेको भेट गोप्य राखेकोबारे विविध टिप्पणी सुरु भएका छन्।

एमाले युवा नेता महेश बस्नेतले एउटा अन्तरवार्ताका क्रममा डा. भट्टराईले ओलीलाई भेटी आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रस्ताव गरेको विषय खुल्न आएपछि अनेकथरी टिप्पणी हुन थालेका हुन्।

भलै डा. भट्टराईले उक्त विषयको खण्डन गर्दै व्यक्ति केपी शर्मा ओलीसँग नभई प्रधानमन्त्रीसँग भेट गरेको प्रष्टिकरण दिइरहेका छन्। तर ओली सरकारलाई बारम्बार ‘भष्मासुर’ भन्ने भट्टराईले देशको अवस्था र जनताको स्वास्थ्यका विषयमा नै कुरा गरेको भए उक्त विषय किन सार्वजनिक नगरेको भनी शंकास्पद प्रश्न गर्न थालिएको छ।

उनले केही दिन अघि संयुक्त सर्वदलीय सरकारको प्रस्ताव सामाजिक सञ्जालमार्फत गरेका थिए। उक्त विषयमा नै प्रधानमन्त्री ओलीसँग कुराकानी भएको भन्ने उनको प्रष्टोक्तिलाई शंकास्पद राख्दै सर्वसाधारणले सोधेका छन्,‘त्यसो भए प्रधानमन्त्री ओलीसँग भेट्न बालुवाटार पुगेको विषयलाई किन उल्लेख गरिएन?’

राजनीतिक ताकत र सत्ताका लागि डा. बाबुराम भट्टराईले यस्ता हत्कण्डा गर्दै आएका थिए। त्यसबेला एमाले र माओवादी गठजोडको घोषणाका क्रममा उनी नयाँ शक्ति पनि मिलाउन पुगेका थिए। तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमान्दा एकीकरणबाट उनी बाहिरिएका थिए।

उच्च स्रोतले भन्यो,‘बाबुरामका यस्ता हत्कण्डा जारी रहन्छन्। त्यसपछि राजनीतिक शक्ति आर्जनका लागि उपेन्द्र यादवको संघीय समाजवादी पार्टीमा मिसिएका हुन्। पछि जसपामा मिसिए।’

बालुवाटार उच्च स्रोतका अनुसार बाबुरामले प्रधानमन्त्री ओलीसँग दुई पटक भेट गरेका थिए। ओली प्रधानमन्त्री नियुक्त हुनुपूर्व जसपाका अन्य नेतालाई समेत जानकारी नदिई उनले भेट गरेका थिए। तर, उनले सतहमा भने जस्तो पूर्वप्रधानमन्त्री र अहिलेका प्रधानमन्त्रीबाहेकका नेताधको नेतृत्वमा सरकार बनाउने कुरा भने गरेका थिएनन्।

स्रोतले भन्यो,‘आफूलाई प्रधानमन्त्रीमा प्रस्ताव गरी संयुक्त सरकारको घोषणा गर्नका निम्ति बाबुरामले भनेका थिए। त्यसो गरे जसपालाई पनि एकमत बनाउन सक्छु भन्ने उनको प्रस्ताव थियो।’

प्रतिक्रिया