नेपालमा थप ८१६७ संक्रमित, ५४५५ ले कोरोना जिते


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार १ सय ६७ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ९ सय ७१ जनाको पीसीआर परिक्षण गरिएकोमा ८ हजार ४६ जनामा र ५ सय ७७ एन्टीजेन परिक्षण गरिएकोमा १ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ सय ८७ जनाको मृत्यु भएको जनाइएको छ । उक्त संख्या विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरिएका शवसमेत रहेको पनि मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा संक्रमण मुक्त हुनेको संख्या ५ हजार ४ सय ५५ रहेका छन् । यससँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

प्रतिक्रिया