

रहेनन् अभिनेत्री श्वेताका श्रीमान् मिलन

काठमाडौं – रिदम, ब्ल्याकमेल, प्रोड्यूसर आदि नेपाली फिल्मकी अभिनेत्री श्वेता भट्टराईले आफ्ना श्रीमान् गुमाएकी छिन्।
श्वेताका श्रीमान् मिलन सापकोटाको मंगलबार उपचारकै क्रममा चावहिलस्थित एक हस्पिटलको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको उनका परिवार सदस्यले जानकारी गराएका छन् ।
सापकोटा कोरोना भाइरसबाट संक्रमित थिए । अक्सिजनको लेभल अत्यन्त कम भएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको मंगलवार दिउँसो ३ बजे निधन भएको हो ।
सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् ।उनीहरुका एक सन्तान पनि छन् । सापकोटा राष्ट्रिय युवा संघ नेपालसंग आवद्ध थिए ।
सापकोटासंग बैबाहिक जीवनमा बाँधिएपछि श्वेताले अभिनय जीवनबाट टाढा थिइन् । सापकोटाको निधनप्रति समाजिक सञ्जालमा फिल्मकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

