

संसदमा प्रधानमन्त्रीको जवाफ- विश्वासको मत दिए संसद विघटन हुँदैन

काठामडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए संसद जोगिने बताएका छन् ।
संसदमा आफूप्रति उठेका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी हुन्छ ? आफैं विश्वासको मत नदिएर विघटनतिर लैजाने ?’
आफैंले मुद्दा जितेर ल्याएको संसद भोट दिए जोगिने भन्दै उनले विपक्षीसँग विश्वासको मत मागे । ‘विश्वासको मत दिँउ,’ ओलीले भने, ‘मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउँ । भोट दिँउ। काम चाहिँ उही भएपछि म के गरौं ?’
ओलीले ढिलोमा पनि अबको डेढ वर्षमा चुनाव हुने बताउँदै चुनाव हुँदैमा लोकतन्त्र खतरामा नपर्ने बताए। ‘चुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैन,’ उनको भनाइ छ, ‘बोरिस जोनसोनले अस्ति चुनाव गराउनु भयो । बेलायतमा लोकतन्त्र खतारमा परेन ।’

