काठमाडौं परिसरका डिएसपी संक्रमित, एआईजीले जिते कोरोना


एआईजी हरि पाल र डिएसपी नरेन्द्र चन्द ।

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौं मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दलाई कोरोना संक्रमण भएको छ। चन्दले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जनाकारी दिएका छन्।

बिहीबार स्वाब दिएकोमा शुक्रबार आएको रिपार्टमा चन्दलाई पोजेटिभ देखिएको हो। कोरोना संक्रमति भएपछि उनी होम आइसोलेटमा बसेका छन्। हालसम्म नेपाल प्रहरीमा ४२८ जना सक्रिय संक्रमित छन्।

त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पाल संक्रमणमुक्त भएका छन्। एक हप्ताअघि संक्रमित भएका पाल बिहीबार घर फर्किएका हुन्।

प्रतिक्रिया