सर्वोच्चका न्यायाधीशकै राय बाझिएपछि शोभाकान्त ढकालको मुद्दामा निर्णय हुन सकेन


काठमाडौं – बालुवाटार जग्गा प्रकरणमा थुनामा रहेका शोभाकान्त ढकालसँग धरौटी लिनेबारे सर्वोच्च अदालतका २ जना न्यायधीशकै राय बाझिएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईबीचमा राय बाझिएपछि ढकालको मुद्दामा निर्णय हुन सकेन।

शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई बीचमा राय बाझिएपछि ढकालको मुद्दामा निर्णय हुन सकेन ।

न्यायाधीश खतिवडाले ढकालसँग ३ करोड धरौटी लिएर थुनामुक्त गर्नुपर्ने राय दिएका थिए। तर, न्यायाधीश भट्टराईले थुनामा राख्ने राय व्यक्त गरेपछि सो मुद्दा उपर निर्णय हुन नसकेको हो।

ढकाललाई विशेष अदालतले २८ माघ ०७७ मा थुनामा राख्ने आदेश गरेको थियो। सो आदेशविरुद्ध सर्वोच्च गएका ढकालको मुद्दा पुर्ण इजलासबाट सुनुवाइ गर्न आदेश गरिएको छ।

प्रतिक्रिया