बलिउड अभिनेत्री दीपिका पादुकोणलाई कोरोना


मुम्बई – बलिउड नायिका दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ । अघिल्लो साता दीपिकामा कोरोना पोजेटिभ देखिएको उनका बुबा प्रकाश पादुकोणले जनाएका छन् ।

कोरोना देखिएपछि घरमा नै आईसोलेसनमा बसिरहेकी दीपिकाको स्वास्थ्यअवस्था सामान्य रहेको जनाइएको छ ।

यसअघि दीपिकाका बुवा प्रकाशलाई कोरोना पोजेटिभ देखिएको थियो । र उनको बैंग्लोरको एक अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

त्यसका साथै दीपिकाका आमा र बहिनीलाई पनि कोरोना पोजेटिभ भएको जनाइएको छ ।

प्रतिक्रिया