आईतबार ५४ अंकले उकालो लागेको नेप्से सोमबार दोहोरो अंकले घट्यो


काठमाडौँ – सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आइतबार ५४ अंक्ले बढेको नेप्से परिसूचक सोमबार १२.३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ ।

कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया