सर्जक प्रकाश सपुतलाई कोरोना पोजेटिभ


काठमाडौं – चर्चित सर्जक एवं लोकगायक प्रकाश सपुतलाई कोरोना पुष्टी भएको छ । प्रकाशले सामाजिक सञ्जाल फेसबुकबाट आफूलाई कोरोना पोजेटिभ भएको पुष्टी गर्दै आफूसँग सम्पर्कमा आएका सबैलाई परिक्षण गर्नका लागि अनुरोध गरेका छन् ।

प्रकाशले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘एकदमै धेरै शरिर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ ।’

उनले आफू अहिले घरमा नै होम आईसोलेसनमा बसिरहेको र आफ्नो अवस्थामा सामान्य रहेको जनाएका छन् । यसअघि अघिल्लो चरणको कोरोनासमयमा प्रकाशका साइँला भाईलाई कोरोना पुष्टी भएको थियो ।

 

अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा…

Posted by Prakash Saput on Friday, April 30, 2021

 

प्रतिक्रिया