डिसेम्बरमा विवाह गर्दै आदित्य नारायण


मुम्बई(एजेन्सी)– यो समय बलिउडमा विवाहको माहौल चलिरहेको छ । गायिका नेहा कक्कडपछि अब गायक आदित्य नारायण झाले पनि विवाहको घोषणा गरेका छन् । केही समय अघि प्रेमिका स्वेता अग्रवालसँग सम्बन्ध सार्वजनिक गरेपछि उनले विवाहको मिति पनि तोकेका छन् । समाचार अनुसार आदित्यले यही डिसेम्बरमा स्वेतासँग लगनगाँठो कस्दैछन् ।

आदित्यले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउन्टमा स्वेतासँगको तस्बिर सार्वजनिक गरेका थिए । उनले फोटोको क्याप्सनमा ‘हामी विवाह गर्दैछौं । म विश्वकै सबैभन्दा भाग्यमानी व्यक्ति हो किनकी मैले स्वेता पाएँ । मेरो सोलमेट । ११ वर्ष पहिले र अब अन्ततः हामी डिसेम्बरमा विवाह गर्दैछौं । हामी दुवैजना निकै गोप्य व्यक्ति हौं । यही कुरालाई ध्यानमा राख्दै विवाहको तयारीका लागि सामाजिक सन्जालबाट ब्रेक लिँदैछु । डिसेम्बरमा भेटौंला । भनिन्छ नि कहिले न कहिले त भेटिन्छ, कहिँ पनि मलाई थाहा छ’ भनी लेखेका छन् ।

आदित्यले अहिलेको परिस्थितिमा पनि एक भव्य रिसेप्सन आयोजना गर्ने बताए । आफूले डिसेम्बर १ मा विवाह गर्ने र त्यो विवाहमा परिवारका सदस्यसँगै आफन्तजन र साथीभाईलाई पनि बोलाउने बताए ।

आदित्य र श्वेता पहिलो फिल्म ‘शापित’को सुटिङको समयमा भेटेका थिए । त्यसपछि उनीहरु १० वर्षसम्म प्रेम सम्बन्धमा रहे ।

प्रतिक्रिया